काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ । हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen