काठमाडौं । नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक गरिएको छ ।

नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् ।

एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको यो गायन प्रतियोगितामा यसअघिका सिजनमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले यो जिम्मेवारी निर्वाह गरेका थिए ।

चौथो सिजनमा एक जना होस्ट पनि परिवर्तन भएका छन् । दोस्रो सिजनबाट सुशील नेपाललाई प्रतिस्थापन गरेका आसिफ शाहले नयाँ संस्करणमा निरन्तरता दिनेछन् भने उनलाई महिला होस्टमा रेश्मा घिमिरेले साथ दिनेछिन् ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen