इटहरी। इटहरी उपमहानगरपालिकाले घरबाटै कर तिर्न सक्ने व्यवस्था गरेको छ । घरमा बसेर मोबाइलबाटै सम्पत्ति कर, व्यवसायकर, घर वहालकर तिर्न मिल्ने गरी सफ्वेयर सिस्टम शुरु भएको हो ।

नगरप्रमुख द्वारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका हुन् । करदाता पोर्टलको शुभारम्भसँगै घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरेकी उपमेयर लक्ष्मी गौतमले उनले आफ्नो तिर्नुपर्ने कर घरबाटै भुक्तानी गरेर शुरु गरिन् ।

मेयर चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस बनाउने अवधारणाअन्तर्गत अनलाइनबाटै कर तिर्ने सेवा शुरु गरिएको बताए ।

राजस्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले मोबाइलबाटै कति कर तिर्नुपर्ने हो भनेर लेखाजोखा गर्न र तिरिसकेपछि बिल प्रिन्ट गर्न सकिने बताए । नागरिकले करभुक्तानी गरेपछि सम्बन्धित व्यक्तिको इमेलमा बिल आउनेछ । मोबाइलमा तत्काल जानकारी आउने उमहानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen