काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने २१ सय ४ जना निको भएर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen