विराटनगर । कोरोना विरुद्धको खोप लगाउन लाइन बसेका जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार गुरुङ कोरोनाविरुद्धको खोप लगाउन मंगलबार कारागारका अरु कैदीबन्दीसँगै लाइनमा बसेका थिए । लाइनमा बसिरहेका बेला अचानक बेहोस भएर ढलेका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार गुरुङलाई क्यान्सरको समस्या थियो ।

करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायएको फैसला गरेपछि उनी २०७४ वैशाख ५ गतेदेखि विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन् । गुरुङको शव परिवारको जिम्मा लगाएर पठाइएको कारागार प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen