विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

१ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ८२, झापा र मोरङमा १३५,१३५, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ४८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen