सुनसरी। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४९४, पाँचथर, सङ्खुवासभा र खोटाङमा १९१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४१३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९६ महिला र २१७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen