धरान। धरानमा भदौ ४ गतेदेखि १० दिन लकडाउन हुने भएको छ ।

मेयर तिलक राईको अध्यक्षतामा मङ्गलबार (आज) उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस धरानमा पनि समुदाय स्तरमा नै फैलिरहेको कारण यसको रोकथामका लागि भदौ ४ गते शुक्रवारदेखि १३ गते आइतबारसम्म १० दिन कडाइका साथ लकडाउन गर्ने उपमहानगरपालिकाले निर्णय गरेको छ ।

लकडाउनको समयमा औषधी पसल र दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने भएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen