काठमाण्डौ । दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ ।

दुबईको Apleona Sam Facilities Management LLC कम्पनिले सेक्युरिटी गार्डका लागी ३७८ पुरुष र ४६ महिला गरी ४२४ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कम्तिमा SLC पास साथै अंग्रेजी लेख्न बोल्न, पढ्न सक्ने, ५ फिट ५ इन्च उचाइ भएको, उमेर २२ देखि ४० बर्ष ननाघेको कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।

तलब खान बस्न सहित ५१ हजार भन्दा बढी रहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen