सुनसरी । बराहक्षेत्रबाट एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–१ का ६३ वर्षीय बरम बहादुर राई बन्दुकसहित पक्राउ परेका हुन् ।

गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागेर घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो ।

खोजतलासकै क्रममा बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो ।

पक्राउ परेका राईको घर कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen