धरान । बीपी प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ ।

बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् ।

यस विषयमा अख्तियारको केन्द्रीय कार्यलयमा उजुरी पनि परेको थियो। यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदल पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।

धरानमा छापा मार्नका लागि अख्तियार केन्द्रको ५ जना र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट १ जना गरी ६ जनाको टोली खटिएको थियो ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen