काठमाडौं । सरकारले श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले परिवर्तित सन्दर्भमा श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने बताए ।

उनले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको अधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने बताए ।

सूचनाको प्रयोगबाट स्थानीय भाषा, संस्कृति तथा मौलिकताको संरक्षणका लागि नेसनल ल्याङ्ग्वेज कम्प्यूटेस्नल रिसोर्स प्याक निर्माण गरी प्रयोगमा ल्याउने, डिजिटल हस्ताक्षरको कार्यान्वयन गर्ने, रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँच विस्तार गर्ने र नेपाल टेलिभिजनको प्रशारणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन एनटीभी वल्र्ड च्यानल सञ्चालनमा ल्याउने कार्ययोजना मन्त्रालयको छ ।

प्रदेश सञ्चारग्राम स्थापना र सञ्चालन गर्ने, राहदानी, हुलाक, टिकट, अन्तशुल्क, स्टिकर, चेकबुक, स्मार्ट कार्ड जस्ता मुलुकभित्रै मुद्रण गर्ने, हुलाकलाई जिम्मेवार र जवाफदेही बनाउने, चलचित्र क्षेत्रलाई सांस्कृतिक एवं मनोरञ्जनात्मक उद्योगको रूपमा विकास गर्ने र स्वदेशी चलचित्रको विकास र संरक्षण गर्ने र सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेखित विषयको कार्यान्वयन गर्ने पनि मन्त्रालयको आगामी कार्ययोजनामा रहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen