इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९, तेह्रथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेश १ मा आज ५४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen