काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ५६८ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ५९ हजार ३०७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६३६ वटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयले थप १८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ८७५ पुगेको जनाएको छ । यस्तै हालसम्म ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen