इटहरी । नयाँ भेरियन्टसहित कोभिड १९ को संक्रमण फैलिँदै गएपछि इटहरी उपमहानगरपालिकाले अत्याावश्यक बाहेक सबै काम रोकेको छ ।

इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको, केही कर्मचारीहरुमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षणहरु देखिएको भन्दै साउन १२ गतेदेखि १८ गतेसम्मको लागि अत्यावश्यकबाहेक काम रोकेको हो ।

आन्तरीक कार्यहरु, अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, सरसफाई तथा फोहोरमैला व्यवस्थापन सेवा, दमकल सेवा, भेटनरी सेवा मात्र सञ्चालनमा रहने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जारी गरेको सुचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen