एजेन्सी । चिनियाँ मोवाइल फोन उत्पादक कम्पनी शाओमीले विश्वव्यापी रुपमा मोबाइल विक्रीमा एप्पललाई पछाडि पारेको छ ।

सन् २०२१ को दोस्रो चौमासिकमा मोबाइल सिपमेन्टका आधारमा एप्पलको तुलनामा साओमी अगाडि आएको हो । शाओमी १७ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आएको हो ।

विश्वमा पहिलो नम्वरमा रहेको सामसङको बजार हिस्सा चाहीं १९ प्रतिशत रहेको छ । उक्त प्रतिवेदन अनुसार ओप्पो, भिभो उत्कृट पाँचभित्र परेका छन् । त्यसमध्ये शाओमीको बजार विस्तार सबैभन्दा उत्कृष्ट देखिएको छ । तर, शाओमीले अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतभन्दा बढी मोबाइल सिपमेन्ट गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen