मोरङ । मोरङमा भ्यान दुर्घटना हुँदा चारजना घाइते भएका छन् । लेटाङ नगरपालिका–३ मा भएको दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।

मोरङको उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन् । खतिवडासहित सबै घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

कानेपोखरीबाट लेटाङतर्फ जाँदै प्रदेश नम्बर १ ०२ ००२ च ४५१० नम्बरको भ्यान विपरीत दिशाबाट आउँदै गरेको सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भएर बिहीबार राति करिब ११ बजे दुर्घटना भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen