विराटनगर । दोस्रो चरणको कोरोना लहरमा प्रदेश १ का ११ जना पत्रकार कोरोना संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघ, १ नं। प्रदेशका सचिव विवेक गौतमका अनुसार पाँच जिल्लाका ११ पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । झापामा ४ जना, मोरङमा ३ जना, ओखलढुंगामा २ जना, खोटाङमा १ जना र सुनसरीमा १ जना गरि ११ जना पत्रकारहरु संक्रमित भएका हुन् ।

महासंघले सम्पूर्ण पत्रकारहरुलाई सचेत र सतर्कतापूर्वक काम गर्न अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen