होम कुमारी चौधरी
झुम्का(सुनसरी)– बिश्व व्यापि रुपमा फैलिएको कोरोनाले नेपालको बिभिन्न क्षेत्र कोरोना कालमा बन्दाबन्दी रहयो । यस समयमा लकडाउन रहेको अवस्थाले गर्दा शैक्षिक क्षेत्र समेत बन्द रहन पुग्यो । कोरोना कालमा बिद्यालय क्षेत्र बन्द रहदा बिद्यार्थीहरु पढनपाढनबाट बन्चित रहेका थिए । नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै शैक्षिक क्षेत्र सञ्चालनमा ल्याएपछी बिद्यार्थीहरु पढ्न बिद्यालय जान थालेका छन् ।
रामधुनी वडा न २ निवासी वविता चौधरीको दुई छोरा छन । लकडाउन हुदा शैक्षिक क्षेत्र बन्द रहेको अवस्थामा आफ्ना विधार्थी घर मै रहनुपरेकोले उनिहरूको भविष्य प्रति लकडाउनको बेलामा चिन्ता रहेको वताउनुभयो ।

रामधुनी नगरपालिका क्षेत्रमा समेत रहेका बिद्यालयहरु समेत कोरोना कालमा बन्द रहेका थिए । रामधुनी नगर वडा नं. १ मा रहेको भासी मा.बी.का सहायक प्रधानाद्यापक टिकाराम दाहालले अहिले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर बिद्यालय सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले बिगतमा धोषणा गरेको लकडाउनका कारण ७ महिना बिद्यालयका सम्पुणर् पठनपाठन बन्द रहेको थियो । यो समयमा शिक्षकहरु हाजिरी गर्न मात्र बिद्यालय आउने गरेको बताउदै गत चैत्र देखि कात्र्तिक महिनासम्म कोरोना भाइरसका कारण नयाँ कक्षामा बस्न र पस्न पाएका थिएनन् ।
भा.सी.मा.बि. मा जम्मा १८ जना शिक्षक शिक्षिका रहेको बिद्यालय प्रशासनले जनाएको छ । यस विधालयमा ५ सय ३६ जना विधार्थि रहेको छ । लकडाउन प्रश्चात जब विधालय लाग्न थाल्यो विधार्थिको मनसाय परिवर्तन भएर आएको साथै विधार्थिले विधालय जानू नपरोस फेरी लकडाउन भईदिए हुन्थ्यो परीक्षा नदिई पास भईन्थियो भन्ने विधार्थिमा नकारात्मक प्रभाब लकडाउनको कारणले परेको सहायक प्र.अ.दाहालले जानकारी दिनुभयो । लकडाउनले गर्दा पढाइ राम्रो संग नभएको पुरै किताब पढाएर नसकिएको कारण परीक्षा गराउन सकस भएको र विधार्थी परीक्षा प्रति दोधारमा परेको पनि उहाँले जानकारी गराउनुभयो । रामधुनीमा रहेका भासी मा.वि.मात्र होइन सम्पुणर् सामुदायीक तथा निजी बिद्यालयमा कोरोना कालमा पढनपाढन ठप्प रहेको थियो ।
रामधुनी नगर क्षेत्रमा २६ वटा सामुदायिक विधालय , ३५ वटा संस्थागत विधालय र १ वटा मदर्शा रहेकोमा सबै विद्यालयको लकडाउनको समयमा पठनपाठन बन्द रहेको रामधुनी नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख राजन गेलालले जानकारी दिनुभयो । नगर शिक्षा प्रमुख गेलालका अनुसार कोरोनाकालमा शिक्षक कर्मचारीहरू असार १ गते देखि नियमित हाजिर विधार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण भएको र शिक्षक कर्मचारीहरूले नियमित तलब सुबिधा पाइरहेको जानकारी दिनुभयो ।

विद्यालयहरूमा संभव भए इन्टरनेटवाट भर्चुअल शिक्षा आम संचार माध्यम , टिभी , रेडियो , दुर शिक्षा वाट पठनपाठन संचालन गर्न सकिने भए पनि गा्रमिन क्षेत्रमा इन्टरनेट सुविधा नभएकोले रामधुनी वासीका सवै गाउँ घरमा भर्चुअल सुविधा पुरयाउन कठिनाइ भएको रामधुनी नगर शिक्षा शाखा प्रमुख गेलालले बताउनुभयो । कोरोना भाइरस संक्रमणको बेलामा संस्थागत तथा सामुदायिक विधालयका बिधार्थिको अवस्था ज्यादै अन्यौलमा रहेको थियो भने अहिले लकडाउन हटे पश्चात २०७७ साल मंसिर १५ गते देखी विधालय संचालन आएकोले विधार्थी र अभिभाबक खुसी रहेको उहाँको भनाई रहेको छ ।

शिक्षा शाखाले उपलव्ध गराएको तथ्यांक अनुसार आ.व. २०७७÷२०७८ मा रामधुनी न.पा. अन्तर्गतको विधालयको लागि शिक्षक कर्मचारीको तलव सुविधा, कक्षा ५ सम्मका विधार्थीलाई खाजा नास्ता खर्च उपलव्ध लकडाउनमा गराएको पनि शिक्षा प्रमुख गेलालले बताउनुभयो । यस बर्ष शिक्षा क्षेत्रको विकासका लागि नगरले शैक्षिक गुणस्तर सम्वन्धि कार्यक्रमहरू ल्याएको रामधुनी नगरको शिक्षा शाखाले जानकारी दिएको छ । रामधुनी ९ मा रहेको शनिश्चरे मा.वि. डुम्राहा लाई बिज्ञान प्रयोगशालाको लागि ६ लाख ५० हजार ,चन्द्रकमल मा.वि. मर्चैया लाई पुस्तकालय व्यवस्थापनको लागि ६ लाख ५० हजार , जनता मा. बि . सिंगिया लाई पनि बिज्ञान प्रयोगशालाको लागि ६ लाख ५० हजारको बजेट प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै आदर्श मा. वि. रामधुनी ६ बक्लौरीमा कम्प्युटर ल्याब ( आई.सि.टि ) व्यवस्थापन तथा पञ्चायत मा. वि. कुमरखतलाई बिज्ञान प्रयोगशालाको लागि ६ लाख ५० हजारको बजेट पदान गरिएको छ । नगरपालिकाको शिक्षा क्षेत्रमा यी लगानीको बाबजुत पनि कोरोना भाईरस कोभिड १९ संक्रमणले रामधुनीका सयौं हजारौं विधार्थीको भविष्य लकडाउनले अन्यौलमा परेका थिए अहिले लकडाउन खुकुलो खुल्ला हुदा विधार्थीको जनजिवन केही हद सम्म राम्रो पढाईमा सुधार भई रहेको नगर शिक्षा शाखा प्रमुखले जानकारी दिनुभयो ।

रामधुनी नगरपालिकाले शिक्षा क्षेत्रको विकासको लागि प्रत्येक बर्ष लगानी ल्याएकोमा यस आ.व. २०७७÷२०७८ मा १६ करोड ९२ लाख ३७ हजार रूपैयाँ बजेट बिनियोजन गरेको सम्बन्धित शाखाले जनाएको छ । नगरका योजना शाखा प्रमुख हर्षलाल चौधरीले विनियोजित वजेटको २६.७१ प्रतिशत रकम अर्थात ४ करोड ५२ लाख ७ हजार ८१ रूपैयाँ ८९ पैसा बराबरको वजेट खर्च भईसकेको जानकारी दिनु भयो । बाँकी रहेको वजेटको कार्यक्रम पनि चालु अवस्थामा रहेको र आर्थिक बर्षको अन्त्य सम्ममा कार्य सम्पन्न हुने लक्ष्य रहेको बताउनुभयो ।

लकडाउनको बेला शिक्षा क्षेत्रलाई सहज बनाउनका लागि रामधुनी नगरपालिका कार्यालयका नगर प्रमुख जयप्रकाश चौधरीले शिक्षा नितिलाई विधुतिय माध्यम वाट भर्चुअल अनलाईन शिक्षा प्रणालि संचालन गर्न भनिएता पनि गा्रमीण क्षेत्रमा इन्टरनेटको असुविधा हुदा संचालन गर्न नसकेको जानकारी गराउनु भयो । साथै अहिले लकडाउन प्रश्चात विधार्थी पढ्न पाउदा विधार्थीका अभिभावक खुसी भएको जानकारी दिनुभयो ।

मूख्यत ९ महिना कोरोनाका कारण देश ठप्प अवस्थामा थियो । यो आलेख तयार पारि रहदा सम्म कोरोनाका कारण विश्व भरीमा २९ लाख ३१ हजार ६ सय भन्दा बढी मानिसको दुखद मृत्यु भईसकेको छ भने १३ करोड ५४ लाख ४० हजार भन्दा वढी सक्रमत भएका छन । नेपालमा हाल सम्म ३ हजार ३९ जनाको दुखद मृत्यु भई सकेको छ २ लाख ७९ हजार भन्दा वढी संक्रमित छन । लकडाउन विगतका तुलनामा जबर्जस्त रूपमा खुकुलो भए पनि कोरोना संकमितको संख्या दिनप्रतिदिन बढ्ने क्रममा छ ।
यो कोरोनाको काल खास गरि शिक्षालयहरू बन्द हुदाँ लाखौं बालबालिकाहरू विधालय जानबाट बञ्चित भएका थिए । जस्तो सुकै कठिन प्ररिस्थितिमा पनि बालबालिकाहरू शिक्षा लिन पाउने अधिकार बाट बञ्चित हुनुहुँदैन भन्ने विश्व व्यापी मान्यता भए पनि माहामारीले गर्दा नेपालमा मात्र नभएर विश्व जगतमा शिक्षण संस्था बन्द रहेको थियो । विधार्थीहरू निराशा र कुण्ठाका विच कोठामा सिमित रहेका थिए । यूनेस्कोको तथ्यांक अनुसार कोरोना माहामारीका विच विश्वमा २९ करोड ५ लाख भन्दा वढी विधार्थीको पठनपाठन अवरूद भएको अवस्था थियो ।
नेपालमा मात्र लगभग विभिन्न क्षेत्र मात्र नभएर कोरोना भाइरसले विश्व नै आक्रान्त वनाएको अवस्था थियो । विश्वको सामाजिक , आर्थिक , शैक्षिक लगायतका सवै क्षेत्र प्रभावित रहेका थिए । नेपालमा पनि यसको प्रत्यक्ष शिक्षामा नकारात्मक असर परेको छ । तथापि शिक्षा क्षेत्रलाई उधोग , व्यापार , वा कृषि उत्पादन क्षेत्र जस्तो सम्झनु हुदैन । उधोग तथा कृषि उत्पादन रात दिन काम गरेर पनि क्षतिपूर्ति गर्न सकिएला तर शिक्षाको क्षतिपूर्ति रातारात गर्न सकिदैन , यो दीर्घकालीक हुन्छ । यसर्थ शिक्षा क्षेत्र लाई विशेष संवेदनशील क्षेत्र रहेको सरोकार वालाहरुले बताउनुभयो ।
(नोटः नेपाल पत्रकार महासंघ शाखा सुनसरीको समन्वय तथा रामधुनी नगरपालिकाको कार्यालयको सहकार्यमा तयारपारिएको लेखनवृति हो । )

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen