इटहरी । सहकारीहरुले उत्पादनलाई ध्यान दिनुपर्नेमा नेकपा नेता भीम आचार्यले जोड दिएका छन् । इटहरी स्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभामा बोल्दै नेता आचार्यले उत्पादनमार्फत् रोजगार र आर्थिक समृद्धिलाई जोड दिनुपर्ने बताए । त्यसको लागि तालिम, विकासमा पनि ध्यान दिन आग्रह गरे ।

आचार्यले सहकारीहरु अनुशासित हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय अर्थतन्त्रको मुख्य खम्बा भएकोले सहकारी क्षेत्रको समस्या समाधान गर्न सहकारीहरु नै अग्रसर हुनुपर्ने बताए । उनले नेपालको राजनीति तथा अर्थतन्त्र अझै पनि संकटकालमा रहेको बताउँदै नयाँ उपायहरुको प्रयोग गर्दै अघि बढ्न आग्रह गरे ।

साढे १२ हजार शेयर सदस्य रहेको सहकारीले आफ्नो १९ औं साधारणसभा सिमित सदस्यहरुको उपस्थितीमा सम्पन्न गरेको छ । बाँकी सदस्यहरुको हस्ताक्षरको लागि सप्ताहव्यापी तालिका बनाएर लागु गरेको थियो । साधारणसभाको अवसरमा सहकारीले विगतका उपलब्धीहरुको समिक्षा गर्दै विभिन्न योजनाहरु प्रस्तुत गरेको थियो ।

अन्तर्राष्ट्रिय एक्सेस ब्राण्डको सिल्भर मेडल प्राप्त सहकारीले ७ वटा सेवा केन्द्रमार्फत् सेवा दिइरहेको छ । सुरुवातमा ३४ जना सदस्यहरुबाट एक हजार सात सय रुपैया उठाएर स्थापना गरिएको सहकारीको अहिले हजारौं सदस्यहरु छन् भने ७२ करोड बढीको सम्पत्ती रहेको अध्यक्ष शालिकराम ढकालले जानकारी दिए ।

कार्यक्रममा सचिव थिरबहादुर खड्काले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाको सांगठानिक स्वरुप, कार्यप्रगति, विनियम संशोधनलगायतका विविध पक्षको बारेमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen