विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भएको छ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमुना परिक्षण गराएका ७२ वर्षीय प्रमुख अधिकारीको बेलुका रिपोर्ट पोजिटिभ आएको हो।

प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका अधिकारी र एकजना सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ।
संक्रमण देखिएसँगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen