झुम्का । सुनसरी रामधुनी नगरपालिकाका विद्यालयमा बुधबार देखि पठनपाठन् हुँने भएको छ ।

गत बिहीबार कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालन हुँने गरी विद्यालय खोल्ने निर्णय रामधुनी नगर कार्यपालिकाले गरेको थियो ।

नगरपालिकाको उक्त निर्णयसँगै बुधबारदेखि विद्यालय खोल्ने तयारी भइरहेको छ ।
विद्यालय सञ्चालन गर्नलाई आफुहरुले सरकारी निर्णय पर्खिएर बसेको र बुधबार देखि नै पठनपाठन् सूचारु गरिने प्याब्सन रामधुनीका अध्यक्ष बाबुराम खडकाले जानकारी दिए ।

नगरपालिकाले कक्षा ७ भन्दा माथिल्ला कक्षा सञ्चालनको अनुमति दिएको भएपनि तल्ला कक्षा खोल्नेबारे कुनै निर्णय भएको छैन । केहि विद्यालय सञ्चालकहरुले भने जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तल्ला कक्षाहरुसमेत खोल्न पाउँनुपर्ने माग राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen