सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले साढे ९ बजेसम्म होटल व्यवसाय खोल्न अनुमति दिएको छ ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले इटहरी, धरान, झुम्का, इनरुवा लगायत जिल्लाका सबै होटलहरुमा साढे ९ बजेसम्म खोल्न अनुमति दिएको जानकारी दिए ।

यसअघि कोरोना भाइरसको कारण देखाउँदै प्रशासनले जिल्लामा सञ्चालित होटलहरु ८ बजे बन्द गराउँदै आएको थियो ।यस अघि प्रहरीले पनि व्यवसायीलाई सहज ढंगबाट व्यवसाय गर्न नदिएको आरोप लाग्दै आएको थियो ।

आजबाट लागू हुनेगरि सुनसरीका सबै होटलहरु साढे ९ बजेसम्म सञ्चालन गर्ने अनुमति पाएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen