रामधुनी । सुनसरीको रामधुनी नगरपालीका–२, शिवनगरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलपछाडि सवार सोही ठाउँका २३ वर्षीय जीवन चौधरी रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति को २६ प ५६५१ नम्बरको मोटरसाइकलले साइडमा रोकिराखेको को २ त ९८७६ नम्बरको ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाइकल चालक निमेश र पछाडि सवार जीवन सख्त घाइते भई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen