रामधुनी । सुनसरीको रामधुनी नगरपालिकामा कोरोना अस्पताल धमाधम बन्दैछ ।

वडा नं ५ मा निर्माणाधिन अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको र करिब १ हप्तापछि संचालनमा ल्याइने वडाअध्यक्ष डेगराज फुँयालले जानकारी दिए ।

कार्तिक २ गते देखि नै संचालनमा ल्याउँने तयारी गरिएको भए पनि दशैँका कारण केहि समय ढिला भएको र अब चाडैँ नै संचालन गरिने अध्यक्ष फुँयालको भनाई छ ।

नगरपालिकाले अस्पतालका लागि एकजना एमबीबीएस डा।नियुक्त गरिसकेको छ । अन्य कर्मचारी नगरपालिका मातहतका स्वास्थ्य क्षेत्रमा कार्यरतलाई नै उक्त अस्पतालमा पठाउँने तयारी भइरहेको स्वास्थ्य साखाका नगेन्द्र पौडेलले जानकारी दिए ।

अस्पताल ५ शैयाको हुँनेछ । जसमा कोरोनासम्बन्धि लक्षण भएका बिरामीलाई बिशेष निगरानीमा राखेर उपचार गरिनेछ ।

नगरपालिकाका अनुसार अहिले अक्सिजनसहितको ‘फिबर क्लिनिक’को रुपमा संचालन गरिने र भबिष्यमा ‘आइसीयू’सहितको सेवा दिने गरी बिकास गरिनेछ । तत्काल पाँच शैयाको अस्पताल निर्माण गरिएको भए पनि नगरभित्र संक्रमितको संख्या बढ्दै गए त्यसलाई बढाउँन सकिने अध्यक्ष फुँयाल बताउँछन् ।

संघीय सरकारले प्रत्येक स्थानीय तहमा पाँच शैयाको अस्पताल बनाउँने निर्णय गरेसँगै रामधुनीले धमाधम अस्पताल बनाएको हो । नगरपालिकाको ३ लाख र वडा नं ५ कोे १० लाख गरी कुल १३ लाख लागतमा भौतिक संरचना बनाइएको अध्यक्ष फुँयालले जानकारी दिए । उनका अनुसार अस्पतालका कर्मचारीको तलब–भत्ता र विभिन्न उपकरण खरिदका लागि भने संघीय सरकारबाट १० लाख बजेट प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen