२८ असार । रामधुनी । झुम्का, इनरुवा इटहरी , धरान र सुनसरी जिल्ला क्षेत्रमा लगातार बर्षा भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले अहिले पनि धरान झुम्का इटहरी। इनरुवा र दुहवी बजार तिर पानी परेको छ ।
पुर्वी पहाडी जिल्ला सगै इटहरी आसपासमा भारी वर्षा भैरहेको छ । इटहरी धरान क्षेत्र भइ बहने साना नदीमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ । अहिले पनि यहा ठूलो पानी परेको छ ।
सर्दु खोला, टेङ्रा खोला, बुढी खोलाम बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । इटहरीमा हिजोदेखि मौसममा बदली आएसँगै वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen