इटहरी । लकडाउनको कारण लामो समय देखि बन्द भएको इटहरी बजार दिनभर खुल्ला रहने भएको छ ।

आइतबार बिहान इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले बिहान ७ बजे देखि १० बजे सम्म खुल्ला हुदै आएको बजार दिनभर खुल्ला गर्ने निर्णय गरेको हो ।

जेठ २८ को मन्त्रीपरिषद बैठकको निर्णय बमोजिम लकडाउन खुकुलो बनाउने क्रममा इटहरीको बजारलाई सहज बनाउन आजदेखि दिनभर खुल्ला गर्न लागिएको जनाइएको छ ।

चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरे सँगै इटहरीमा पनि तोकिएको बाहेकका व्यापार व्यवसाय दिनभर सञ्चालन गरिने भएको छ ।

जनप्रतिनिधिहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ सहितको बैठकले सटर बाहिर भने कुनै पनि यापार व्यवसाय संचालन गर्न नपाउने निर्णय गरेको हो । सागसब्जि भने सामाजिक दुरी कायम गरेर बेचबिखन गर्न पाइने जनाइएको छ ।

कोरोना जोखिम कायमै रहेकाले सामाजिक दुरी कडाइका साथ कार्यावन्यन गर्न आग्रह गरेको छ । सामाजिक दुरी पालना भए नभएको कडाइका साथ अनुगमन हुने उपमहानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen