झुम्का / सुनसरीको रामधुनी नगरपालिका वडा–३ घर भएका एक नेपाली सेनाको शंकास्पद मृत्यु भएको छ । २ नम्बर बाहिनी अड्डा हिले धनकुटामा कार्यरत नेपाली सेनाका हबल्दार मेजरको शंकास्पद मृत्युु भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।


सुनसरी रामधुनी–३ का पर्शुराम भट्टराईको मृत्यु शंकास्पद भएको परिवारले आरोप लगाएको छ । जेठ ५ गते भएको घटनामा परिवारलाई जानकारी नदिई उपचारको लागि बिराटनगरस्थित बिराट मेडिकल कलेजमा ल्याईएको थियो । भट्टराईको टाँउकोमाा गहिरो चोट छ ।


सेनाले आफै एम्बुलेन्सबाट उनलाई बिराटनगर ल्याएको बताईएको छ । तर परिवारजनले भने भट्टराईको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । परिवारका सदस्यलाई घटना भएको ४८ घण्टापछि मात्र जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाएका हुन ।
घटनाको बिषयमा हिले ब्यारेकका एक क्याप्टेनले शव नबुझे सेनाबाट प्रप्त हुने सम्पूर्ण सुबिधाहरू रोक्का हुने भनेको मृतकका बहिनी लक्ष्मी सुवेदीले गुनासो गरिन । हिले ब्यारेकले यसको सत्यतथ्य जानकारी नदिएसम्म हामी शव बुझदैनौ उनले भनिन् यसमा पत्रकार र मानवअधिकारकर्मीले छानबिन गरिदिनु पर्यौ । यता सेनाले भने भट्टराई सिढीबाट खसेर मृत्यु भएको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen