विराटनगर । मोरङका तीन स्थानीय तहले म्यादी नगर प्रहरी भर्नाको प्रक्रिया अघि बढाएका छन् ।

भारतसँग सीमाना जोडिएका रतुवामाई, सुनवर्षी र रंगेली नगरपालिकाले एकै साथ म्यादी नगर प्रहरी भर्नाको तयारी थालेका हुन् । तीनवटै स्थानीय तहले आवेदन खुल्ला गरेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सुरक्षाकर्मीसँगै म्यादीलाई परिचालन गरिने जनाइएको छ । सुरक्षाकर्मीसँगै मिलेर म्यादीले कोरोना संक्रमण फैलन नदिन जारी रहेको लकडाउन पालना गराउँदै भारतबाट लुकिछिपी भइरहेको नेपाल प्रवेशमा कडाई गर्ने जनाइएको छ ।

सीमा क्षेत्रमा कडाई गर्न ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । तर पनि सुरक्षाकर्मीलाई छल्दै विभिन्न ठाउँबाट रातारात लुकिछिपी नेपाल छिर्नेहरुको संख्या धेरै रहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen