१० जेष्ठ,रामधुनी । सुनसरीमा दुर्घटना हुदा एक युवाको मृत्यु भएको छ । सुनसरी गढी गाउँपालिका ६ सत्तेरझोडामा इटा लोड लिई जादै गरेको को १ त ९६८९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई पल्टदा दुहवीमा २४ बर्षिय फुलचन श्रषिदेबको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर प्रविण कार्कीेले ट्याक्टर आफै अनियन्त्रीत भएर कच्ची बाटोमा पल्टदा फुलचनको घट्ना स्थलमै मृत्यु भएको हो । ट्याक्टरका सहचालकको भने जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen