१०, जेठ इटहरी । सीमानामा पर्ने खोलामा घाट बनाउने विषयमा सुनसरी र मोरंगका दुई नगरबिच विवाद उत्पन्न भएको छ । बुढी खोला पुर्व पर्ने मोरंगको सुन्दरहरैंचा र पश्चिममा पर्ने सुनसरीको इटहरीबिच विवाद उत्पन्न भएको हो ।

सुन्दरहरैंचातर्फ घाट बनाउने काम अघि बढाइएपछि इटहरीले अवरोध गरेको छ । आफूहरुसँग दुई वर्षअघि भएको सम्झौता विपरीत एकलौटी काम गरेको भन्दै इटहरीले निर्माण रोक्न दबाब दिएको हो ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमकाअनुसार बुढीखोलाको स्वभाविक बहाव रोक्ने गरी खोलामा संरचना बनाउँदा पुलका साथै वरीपरीका वस्ती पनि जोखिममा पर्छ । दुई नगरको बिचमा पर्ने बुढी खोलाको विषयमा दुवै मिलेर काम गर्ने भन्ने सहमतीविपरीत एकलौटी काम गरिएपछि रोक्न भनिएको उनले बताइन् ।

‘खोला साँघुरो बनाउने गरी पुलकै मुनी संरचना बनाउँदा पुल भत्कियो भने त्यसको घाटा सबैलाई हुने हो,’ उनले निर्माण नियमसम्मत नभएको बताउँदै भनिन्, ‘एकातिरको घाटकै कारणले पनि खोलाको बहावमा अवरोध छ, अर्को बनाउँदा झन् के होला रु’ थपिन्, ‘इटहरीतर्फको घाट पनि अझै मास्तिर बनाउन सकेको भए खोलालाई अवरोध कम गथ्र्यो, तर हामी नभएको बेलामा बनिहाल्यो, नयाँ बनाउँदा ध्यान दिनुपर्छ ।’

यता सीमावर्ती वडा इटहरी ४ का चन्द्र भट्टराईले आफूहरु निर्वाचित भएर आउने बित्तिकै हरैंचाका जनप्रतिनिधिसँग सीमाको खोलामा निर्णय गरेर काम गर्ने भन्ने निर्णय गरेको तर अघिल्लो वर्ष नै उल्लंघन भएको बताए । उनले चिठी पठाउँदासमेत सुन्दरहरैंचाका मेयरले वास्ता नगरेको आरोप लगाए । उनले भने, ‘नबनाऔं भनेको होइन, तर जे बनाउँछौं, सल्लाह गरेर सुरक्षित तवरले बनाऔं ।’

वर्षायामका केही महिना बुढी खोलामा पानीको बहाव सधैंको भन्दा १० गुणासम्म बढी हुने गरेको छ । दुई वर्षअघि खोलामा आएको बाढी मानव वस्तीमा पस्दा ६ जनाको ज्यान गएको थियो । अहिले खोलाको पुर्वतर्फ सुन्दरहरैंचाले घाट बनाउने काम थालेको छ ।

घाट निर्माण रोक्न भन्दै उपमहानगरपालिकाका मेयर, उपमेयरलगायतको एउटा टोली विहीबार बुढीखोलामा पुगेको थियो । टोलीले निरिक्षण गरेर काम रोक्न लगाएको थियो ।

यता सुन्दरहरैंचाका जनप्रतिनिधिहरुले भने गुण्डागर्दी शैलीमा आफूहरुले बनाइरहेको संरचनामा अवरोध गरेको बताए । सुन्दरहरैंचाकै जग्गामा बनाएको र नियमसम्मत रहेको सुन्दरहरैंचा वडा नं। ५ का वडाध्यक्ष राम रिजालले बताए । उनले भने, ‘दम्भ देखाएर काम रोकियो ।’

यस्तै वडा नं। ४ का वडाध्यक्ष शैलेश श्रेष्ठले पनि वस्तीको सुरक्षामा आफूहरु सचेत रहेको बताउँदै वस्ती सुरक्षित हुने गरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen