विराटनगर । विराटनगर भन्सार कार्यालयबाट एक करोड भन्दा बढी अवैध भारतीय नोटसहित दुई जना पक्राउ परेका छन् ।

मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसर स्थित भारतको सुपौलबाट आएको खाली ट्रक चेकजाँचको क्रममा १ करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको हो ।

भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा कार्टुनमा राखिएको अवस्थामा उक्त अवैध रकम बरामद भएको प्रहरीले जनाएको छ ।

खाली गाडी भएका कारण भारतीय पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा जाँच गर्दा बोराभित्र राखेको कार्टुनमा गुट्खाको र्र्यापरले बेरेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिए ।

अत्यावश्यक वस्तुको ढुवानको नाममा भारतबाट भित्रिएको ट्रकका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen