२३ बैशाख, झुम्का । सुनसरीको रामधुनी नगरपालिकाले राहतका लागि खरिद गरिएको चामलको गुणस्तरमा गुनासो बढेपछि तथा मंहगो मुल्यमा खरिद गर्न लागेको भन्दै रामधुनी नगर कांग्रेसद्धारा छानविन हुनुपर्ने माग राखेको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी विपन्न परिवारलाई राहत बितरणका लागि खरिद गरिएको चामलको बढी मुल्यदेखि गुणस्तरमा नै प्रश्न उठेपछि रामधुनी नगरपालिकालाई ध्यानार्षणस्वरुप विज्ञप्ति बुझाएको नगर काङ्ग्रेस सभापति सुदीप अधिकारीले जानकारी दिएका छन । काङ्ग्रेसल राहत वितरणका सम्पुर्ण बिषयमा स्वतन्त्र छानविन हुनुपर्ने, सर्बदलिय संयन्त्रमार्फत अनुगमनको काम गरिनुपर्ने र राहत वितरणको कार्यमा विलम्ब गर्न नहुने माग सहित मेयर जयप्रकाश चौधरीलाई विज्ञप्ति हस्तान्तरण गर्दै जानकारी गराएका छन ।
विज्ञप्ति मार्फत ‘खाद्य सामग्री खरिदमा भएको अनियमितता, खाद्य सामग्रीको गुणस्तर, वितरण लगायतका काम कारवाहिमा भएको अनियमितताको स्वतन्त्र छानविन गरी,अति बिपन्न परिवारको सुची तयार गरी, सर्वदलिय संयन्त्रबाट अनुगमन गर्दै, गराउँदै नगरभित्र रहेको अति बिपन्न परिवारलाई गुणस्तरीय खाद्य सामग्री राहत छिटो वितरण कार्य अघि बढाउन नेपाली काङ्ग्रेस रामधुनी नगर कार्यसमितिले आग्रह समेत गरेको छ ।
रामधुनी नगरपालिकामा अहिले राहतको कार्यक्रम केहीदिनका लागि रोकिएको मेयर जयप्रकाश चौधरीले जानकारी दिएका छन । राहत सामग्री खरिद प्रक्रियामा चारैतिरबाट जन गुनासो बढेपछि राहत वितरण प्रक्रिया रोकिएको मेयर चौधरीले बताए । छिट्टै नै निष्पक्ष रुपमा छानविन गरी दोस्रो चरणको राहत वितरण कार्य अघि बढाउने जानकारी दिएका छन । रामधुनीमा दोस्रो चरण अन्तरगतको राहत वडा नम्बर ८ र ९ मा मात्रै बाडिएको छ भने अन्य वडाहरु बाँकी नै रहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen