काठमाण्डौ । कोरोना भाइरस (कोभडि–१९)को संक्रमण थप फैलन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गर्नेको संख्या बढ्दै गएपछि आज (मंगलबार)देखि थप कडाई गरिएको छ। आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाई गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन उल्लघंन गर्ने गाडी र पैदलयात्रुको संख्या बढेपछि आजदेखि थप कडाइ गर्न निर्देशन दिएको बताउनुभयो। गृहले हिजो नै यसबारे सबै जिल्ला प्रशासन कार्यालयलाई पनि परिपत्र गरेको थियो।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अत्यावश्यक सामान ढुवानी गरिरहेका गाडीलाई आहोर दोहोरमा कुनै अवरोध नगरिएको प्रवक्ता शर्माले बताउनुभयो। सोमबार नागढुङ्गा नाका हुँदै सयौँको सङ्ख्यामा मानिस काठमाण्डौ भित्रन खोजेपछि सरकारले आजदेखि थप कडाइ गर्ने निर्णय गरेको हो।

उनीहरुमध्ये धेरैलाई प्रहरीले जताबाट आएको त्यतै फर्काइदिएको छ। केहीलाई क्वरेण्टीनमा पठाइएको र स्वास्थ्य जाँचका लागि आएकालाई स्वास्थ्य परीक्षण गरेर काठमाण्डौ भित्र्याइएको छ।

यसैबीच सोमबारसम्म नागढुङ्गा नाकाबाट दैनिक एक सयभन्दा धेरै गाडी आहोर दोहोर गर्ने गरेकामा आजदेखि रोक लगाउने निर्णय भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen