झुम्का / रामधुनी दक्षिण कोरीया फ्रेन्डसिप क्लवद्धारा रामधुनी नगरपालिकाको राहत कोषमा नगद एक लाख एक रुपैया सहयोग गरेका छन ।
रामधुनी नगरपालिकाबाट रोजगारीको सिलसिलामा दक्षिण कोरीया गएका युवाहरुको समुहले उक्त राहत रकम सहयोग गरेको हो । युवाहरुले आफनो तलवको केही अंश बचत गरेर सहयोग गरेको क्लवका प्रतिनिधि राजेश चौधरी फनैतले जानकारी दिएका छन ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को प्रभावले विपन्न वर्ग तथा गरीब वर्गलाई जीवनयापन गर्न कठिन भईरहेको अवस्थामा केही रकम बचत गरेर सहयोग गरेको क्लवका सदस्यहरुले बताए ।
रामधुनी नगरपालिकाको राहत कोषमा नगद सहयोग गर्ने रामधुनी दक्षिण कोरीया फ्रेन्डसिप क्लवका सदस्यहरुलाई मेयर जयप्रकाश चौधरीले धन्यवाद ज्ञापन गरेका छन । यस किमिसको सहयोगले मानवता बीच आस्था र विश्वासको सम्बन्ध कायम हुदै जान्छ साथै सहयोग नै सबैभन्दा ठुलो धर्म हो भन्दै मेयर चौधरीले भावी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यवाद दिएका छन । रामधुनी नगरपालिकामा भईरहेको राहत वितरणमा कुनै पनि विभेद र भेदभाव नरहेको सम्मान रुपमा वितरण गरिरहेको समेत जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen