झुम्का । सुनसरीको रामधुनी नगरपालिकाको राहत कोषमा सहयोग सामग्री प्राप्त हुनेक्रम जारी रहेको छ । बिभिन्न संघ, संस्था, ब्यक्ति र राजनीतिक दलको सहयोगबाट २० हजार ३०० किलो चामलसहित अन्य राहत सामग्री प्राप्त भएको नगरपालिकाले जानकारी दिएका छन ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ तथा नेपाल लकडाउनका कारण गरीब,विपन्न परिवारका लागि बिभिन्न संघ संस्थाबाट नगरपालिकाको राहत कोषमा उक्त सहयोग प्राप्त भएको हो ।

जस अन्तरगत चामल २० हजार ३०० केजी ५९० किलो दाल, २९० लिटर खाने तेल, ४४० किलो नुन्, २५० ओटा साबुन्, ७ हजार ३०० ओटा अण्डा प्राप्त भएको छ । त्यस्तै १०० किलो न्युट्रोला, १० किलो भुजा र १० किलो चिउरा प्राप्त भएको रामधुनी नगरपालिका कार्यालयले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen