झुम्का । रामधुनी नगरपालिकामा एम्बुलेन्स चालकलाई गुणस्तरहीन पिपिए दिएकोमा गुनासो व्यक्त गरेका छन ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरले गर्दा हजारौको ज्यान गईरहेको अवस्थामा नगरपालिकाले गुणस्तरहीन पिपिए प्रदान गरेकाले स्वास्थ्थ माथि खेलवाड भएको चालकहरुले आरोप लाएका छन ।

स्वास्थ्थ जस्तो सम्बेदनसिल र यो माहामारीको बेलामा गुणस्तरहीन पिपिए बाडदा आफु लगायत समाज, परिवार नै जोखिममा जाने सक्ने बताएका हुन । २४ घण्टा तयारी अवस्थामा बस्नु पर्छ तर नगरपालिकाले कामै नलाग्ने सामग्री दिदा एक सेकेण्ड पनि सुरक्षित नरहेको एम्बुलेन्स चालकले गुनासो गरेका छन ।
एक चालक विनित चौधरीले भने आफनो ज्यानलाई जोखिममा राखेर डियुटी गरिरहेको छु,त्यसैले नगरले समयमा ध्यान दिई गुणस्तरिय सामग्रीको व्यवस्था गरीदिए धेरै सजिलो हुने बताए ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen