विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिए ।
प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ वटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
चालू हुने अधिवेशनबाट थप कानून निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ । आजै मन्त्रिपरिषद बैठक बसी हिउँदे अधिबेशन बोलाउने बारे छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen