निशान प्रकृति थारु

झुम्का/ थारु महिला तथा थारु समुदायको सबभन्दा ठुलो चार्डको रुपमा रहेको जितिया भब्य रुपमा मनाउने तयारी गरिएको छ ।

थारू महिला सभा सुनसरीको आयोजना असोज १६ गते झुम्कामा जितिया महोत्सव कार्यक्रम मनाउने भएको हो ।

शुक्रबार झुम्कामा भएको पत्रकार सम्मेलनमा थारु महिला सभा सुनसरीकी अध्यक्ष राजोदेबी चौधरीले थारु जातिको पहिचानको रुपमा रहेको जितिया पर्व एकताको प्रतिकको रुपमा मनाउने तयारी भएको बताइन छिन । थारु महिलाहरुले जितिया पर्वलाई परिवारमा सुख,शान्ति तथा परिवारको दीर्घायु होस भनि कामना गरेर मनाउने चलन रहेको चौधरीले बताएकी हुन ।

कार्यक्रममा थारु कल्याणकारीणी सभाका नव निर्वाचित सुनसरीका सभापति सुरेन्द्र कुमार चौधरी, थारु नेताहरु मनोज चौधरी, लक्ष्मण चौधरी लगायत थारु महिला नेतृहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen