झुम्का /रामुधनी नगरपालिकाको लेखा प्रशासन शाखामा ताल्चा लाग्दा आर्थिक कारोवार थप्प भई सेवाग्राही मारमा परेका छन ।

समयमा सुचना प्रवाह नहुँदा स्थानीय जनप्रतिनिधि तथा लेखा प्रशासन शाखाका कर्मचारी संगको जुहारीले गर्दा आर्थिक कारोवार बन्दले सेवाग्राही मारमा परेका हो ।

नगर कार्यपालिकाको बैशाख २६ गते बैठकको निर्णय अनुसार हाल सम्म वडागत खर्च तथा नगर स्तरीय खर्चहरुको आन्तरीक छानविन खर्च विवरणको प्रतिवेदन तयार नहुञ्जेल सम्म लागि तालाबन्दी गर्नु परेको छानविन समितिका संयोजक तथा रामधुनी वडा–७ का अध्यक्ष केशव गौतमले जानकारी दिएका छन ।

जव सम्म वडागत तथा नगर स्तरीयको खर्चहरु फचौर्ट हुदैन साथै आन्तरीक लेखा परिक्षण हुदैन तव सम्म आर्थिक कारोवार बन्द रहने बताए, यो समस्यालाई छिटो भन्दा छिटो समाधान गरी सेवाग्राहीलाई सेवा प्रदान गरीने वहाँको भनाई रहेको छ ।

आर्थिक प्रशासनमा ताल्चा लाग्दा र जनप्रतिनिधि तथा कर्मचारी सगंको आन्तरिक कुरा नमिल्दा हामि जस्ता सेवाग्राही सधै मारमा पर्ने गरेको झुम्काका विमला पोखरेल बताएकी छिन ।

लेखा शाखाका प्रमुख अशोक गिरीको भनाई अनसार आर्थिक सेवा नै बन्द गरेर ताल्चा लाउनु नपर्ने, जुन जुन शिर्षकमा खर्च भएको छ, हामी खर्च देखाउन तयारी रहेको केही आन्तरीक, प्राविधि साथै रेड बुक प्राप्त न भैसकेको हुनाले समस्या भएको गिरीले जानकारी दिएका छन ।

रामधुनी नगरपालिकामा आन्तरिक कुराहरु नमिल्दा यो भन्दा अगाडी पनि पटक–पटक आर्थिक कारोवार बन्दले सेवाग्राही मारमा पर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen