झुम्का / थारु समुदायको महान पर्व सिरुवा मेला तथा जुर शितलको समुदघाटन गर्दै कृषि, भुमि सुधार तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अवको क्रान्ति कृषिमा आवश्यक रहेको बताइकी छिन ।

झुम्का मिडिया प्रालि र थारु मिडिया सोसाईटी सुनसरीले आयोजना गरेका सिरुवा मेला तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उक्त कुरा बताईकी हुन ।

सिरुवा पर्व तथा नयाँ बर्ष २०७५ कार्यक्रमको उद्घाटनमा बोल्दै प्रत्येक यूवावर्गले विदेशीनु भन्दा कृषि क्षेत्रमा क्रान्ति गर्न आवश्यक रहेका धारणा राखे । विदेशमा चर्पी सफा गर्नु भन्दा कृषि क्षेत्रको कुनै एउटा व्यवसाय अगांल्न आग्रह समेत गरे । अवको सरकारले कृषि क्षेत्रमा आधुनिकीकरण सगै वैज्ञानिक तवरले व्यवसायिकरणका लागि प्राथमिकता दिने साथै बढी भन्दा बढी बजेट कृषि क्षेत्रमै विनियोजन गरेकोले यस क्षेत्रमा निरन्तरता दिनका लागि समेत आग्रह गरिन ।

उक्त कार्यक्रममा थारु कल्याणकारीणी सभाका पुर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, रामधुनी नगरपालिका–४ वडा अध्यक्ष मनेश चौधरी, थाकस सचिव मनोज चौधरी, लक्ष्मण चौधरी, थारु महिला सभा रामधुनीका अध्यक्ष सिता चौधरी, जिल्ला कोषध्यक्ष तारा चौधरी,आदिवासी जनजाति महासघ इनरुवा अध्यक्ष डिसी चौधरी लगायत पत्रकार याम प्रधानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

झुम्का मिडिया प्रालि तथा थारु मिडिया सोसाइटी सुनसरीका संयोजक निशान प्रकृतिको सभापतित्वमा सम्पन्न कार्यक्रम रामधुनी नगरपालिका–१ वडा कार्यालय, आदिवासी जनजाति महासंघ रामधुनी, थारु महिला सभा लगायत लायन्स क्लव अफ रामधुनीले सहयोग गरेका छन ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen