काठमाण्डौ / पुस १ गते शनिवार प्यागोडा फुडल्यान्डमा आधुनिक साहित्य परिषद्को आयोजनामा पुनाराम कर्याबरीक्का एकल मुक्तक वाचन भब्य रूपमा सम्पन्न भयो ।


कवि मुरलीप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कृष्ण राज सर्वहारि हुनुहुन्थ्यो भने समिक्षक साहित्यकार तिलक प्रसाद लुइटेल हुनुहुन्थ्यो । डा घनश्याम परिश्रमीले पुनाराम कर्यावरिक्कालाइ आशिष मन्तब्य मार्फत दिनु भई साहित्य लेखनमा र वाचनमा सधैं अग्रसर रहन उर्जा मिलिरहोस भन्ने कामना पछि पुनाराम एकल वाचनमा सरिक हुनुभएको थियो उहाँलाई वाचनमा तारा के सी, दिपेश थापा निर्जर, हेमराज बुढाले सघाउनु भएको थियो ।उक्त अवसरमा ८० वटा मुक्तक वाचन गरिएका थिए ।
मुक्तक वाचन पछि अतिथि रत्नप्रसाद अनामणिले यति मिठा र बिकासप्रेमी मुक्तक एकै बसाइँ मा प्रथम चोटी सुन्न पाएकोमा पुनाराम कर्यावरिक्का र आयोजक संस्थालाई धन्यवाद दिनुभएको थियो ।

अतिथि राम प्रसाद चापागाईंले पुनारामजीका मुक्तक विकासवादी मात्र नभएर जनताका आफ्ना मुक्तक अर्थात क्रान्तिकारी मुक्तक भएको बताउनुभयो । सोही अवसरमा समिक्षक तिलकप्रसाद लुइटेलले पुनारामका मुक्तक साच्चिकै भुमीपुत्रले लेख्ने मुक्तक जस्तै भएको र उहाँको मुक्तकले राष्ट्रियता ओकलेको बताउनु भयो । प्रमुख अतिथि कृष्ण राज सर्वहारिले आजभन्दा १८ वर्ष अगाडि थारू भाषामा पहिलो चोटी आफुले मुक्तक सङ्ग्रह प्रकाशन गरेको र १८ वर्ष पछि पुनारामले थारू समुदायबाट राजधानीमा एकल मुक्तक वाचन गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो ।


उक्त कार्यक्रममा स्वागत मन्तब्य विकास बाबू थापाले र स्वागत गीत लक्ष्मीप्रसाद मिश्रले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम को मध्यान्तरमा द्वारिका कुइकेलले हास्य कविता प्रस्तुत गरि हसाउनु भएको थियो । उक्त कार्यक्रमको अवसरमा पुनाराम कर्यावरिक्काले दामोदर ढकालको पुस्तक असफलताबाट मुक्ति को लोकार्पण समेत गर्दै पुस्तक र औषदी जति सानो भएनी क्षमता ठुलो हुने बताउनु भयो ।उक्त कार्यक्रममा पुनाराम कर्यावरिक्कालाई विकासवादी मुक्तककारको उपाधि सहित सम्मान गरिएको थियो

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen