निशान प्रकृति

झुम्का / स्थानीय तह निर्वाचन सम्पन्न भएको पाँच महिना विति सक्दा पनि सुनसरीको रामधुनी नगरपालिकामा विकास र निमार्णका कार्य निकै सुस्त गतिमा भईरहेको स्थानीयवासीको गुनासो रहेको छ ।

स्थानीय तहको निर्वाचन असार १४ मा सम्पन्न हुदाँ सम्म पाँच महिनाको अवधि सम्म नगरपालिकाले गर्नुपर्ने विकास र निमार्ण कार्य सुस्त गतिमा भईरहेको छ ।
रामधुनी नगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ का लागि ४७ करोड २२ लाख ८ हजार बजेट र निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । विजेट वियोजन गरे अनुसार वडाका कार्य तथा नगरको कामहरु स्थानिय तहको नीति, नियम, कानुन नबनिदा वियोजन गरेका वजेट खर्च गर्न गाह्रो भईरहेको जनप्रतिनिधिको भनाई रहेको छ ।

५ करोडको लगानीमा निमार्णधीन पशु बधशाला अहिले सम्म पनि सञ्चालनमा नआउनु, बुधबार र शनिवार लाग्ने हाट सही ठाउँमा व्यवस्थानपन नहुनु, झुम्का बजारको दाँया र बायाँ सडक छेउमा भएका खुद्रा पसलको उचित स्थान नतोक्नु तथा दैनिकी फोहोर उठाउनका लागि गाडी नियमति रुपमा सञ्चालन नगर्दा जितेर पठाएका जनप्रतिनिधिहरु प्रति जनताको असन्तुष्टि बढदै गईरहेको रामधुनी–१ व्यापारी दिपेश चौधरीले बताएका छन ।

रामधुनी नपाको विकासको गति संगै आधा दर्जन ठुल ठुल्ला बैङक तथा 30 वटा वित्तिय सहकारी, संघ / सस्था खुलिसकेको अवस्थामा रहेको छ तर सुरक्षाको चुनौति भने जस्ताको त्यस्तै रहेको छ । नगरपालिका हुदाँ सम्म पनि स्थायी प्रहरी चौकी नहुनाले दिनदिनानु दिन चोरी, डकैतीको घटना बढिरहेको ज्योती विकास बैङकका शाखा प्रमुख विजय आर्चायले बताएका हुन ।
एक महिनाको अन्तरालमा करिब एक दर्जन भन्दा बढी चौरी, डकैतिको घटना बढिरहेको पाएको छ । नगरमै दिन दाहाडै कात्र्तिक २७ गते झुम्का एफएमका पत्रकारको वाइक चोरी, मसिंर ५ गते लगौना चौक स्थित अनिता श्रेष्ठको किराना पसलबाट लाखौको माल समान चोरी, रामधुनी–१ का विनोद साहको घरबाट साईकल र वडा–१ मै घरमा नभएको मौका छोपी हजारौ मुल्य बराबरको समान चोरी तथा झुम्काकै आर्चाय इलेक्ट्रोनिकस पसलबाट नगद तथा विजुलीका समान गरी २५ हजार रुपैयाको चोरी हँुदा पनि प्रहरी मुख दर्शक अवस्थामा बनेकोे छ ।

इलाका प्रहरी कार्यालयका पकलीका प्रहरी प्रमुख अम्बरबहादुर निरौलाले चोरी गर्नेको खोजी कार्य तीव्र गतिमा भईरहेको बताए । प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएले सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको निरौला जनाकारी दिए ।
इटहरी र इनरुवाको वीचमा रहेको सुनसरीकै कान्छो रामधुनी नगरपालिकालाई विकास र निमार्ण कार्यलाई स्थानीय जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम सुचारु गर्न आवश्यक रहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen