झुम्का / सुनसरीको रामधुनी नपामा सम्भवतः मुलुकमै पहिलो पटक जेष्ठ नागरीकका लागि स्थानीयतहले ग्रिन सिग्नल दिएको छ । रामधुनी नगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकको उचित सम्मान सहितको उनीहरु प्रतिको जिम्मेवारी र दायित्वलाई मनन गर्दै ग्रिन सिग्नल प्रदान गरेको हो ।

राज्यले जेष्ठ नागरिकका सवालमा विभिन्न खाले सेवा सुविधा उपलब्ध गराउँदै आएको भए पनि रामधुनी वडा नम्वर ८ ले स्थानीय तहमा रहेका जेष्ठ नागरिक प्रतिको दायित्व आफैंले वहन गर्ने निर्णय गरेको हो । वडाध्यक्ष रुद्र बस्नेतको पहलमा निर्वाचित जनप्रतिनिधिहरुको संयुक्त पहलमा जेष्ठ नागरिक लक्षित विशेष कार्यक्रम अघि बढाइएको छ ।

जेष्ठ नागरिकको पहिचानकालागि उनीहरु बस्दै आएको संकेत स्वरुपका हरियो झण्डा झुण्ड्याने छ । जसका आधारमा घरमै गएर वडा कार्यालयका कर्मचारीले सामाजिक सुरक्षा भत्ता बुझाउने छन् ।

वडा कार्यालयसंगको संयोजनमा खटिने स्वास्थ्यकर्मीहरुको टोलीले हरेक महिना जेष्ठ नागरिक समक्ष पुगेर स्वास्थ्य जाँच समेत गर्नेछन् ।
रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरीले जेष्ठ नागरिक १ सय ३ वर्षिया जानुका बुडाथोकीलाई हरियो झण्डा सहित बृद्ध भत्ता हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नु भएको थियो ।

संकेतका आधारमा जेष्ठ नागरिकका हकहीत र पारिवारीक अवस्था सहितको पालनपोशण र हेरचाहलाई आधार मानि सम्वन्धित परिवारले स्थानीय तहमा पाउने सेवा सुविधा बारे निर्णय लिइने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen