झुम्का/ सुनसरीको रामधुनीमा अवस्थित झुम्का एफ.एफ.१०६ मेगाहर्जमा कार्यरत पत्रकार निशान प्रकृतिको मोटरसाईकल सोमवार साँझ ७ बजे अज्ञात व्यक्तिहरुले चोरी गरिएको छ ।

एफ.एम.को कार्यालय परिसरमा स्टेनगरी रोकिरहेको यामाहाको FZ को.२० प. ३३९० नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गरी फरार भएका हुन ।

नियमित रुपमा कार्यालय परिसरमा पाकिंङग गरी राखिएको आफनो काम सकेर बाहिरिदा वाइक चोरी भएको पत्रकार निशान प्रकृति बताएका छन । चोरी लगतै इलाका प्रहरी कार्यालय पकलीलाई खवर गर्दा पनि अहिले सम्म कुनै अतो पतो नलागेको प्रकृति बताए ।

चोरी लगतै खोजी कार्य सुरु गरिएको र सुनसरीका सबै पोष्टहरुमा मोटरसाईकलको नाम, नम्बर टिपाई सकिएको खोजी कार्य तीव्र बनाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अम्बर बहादुर निरौलाले बताएका छन ।

खोजी कार्य तीव्र रुपमा भईरहेको छ चोरी गर्ने व्यक्तिहरुलाई तुरुन्त समातिने भनि निरौलाले बताए हुन ।
रामधुनी नगरपालिका भएको ३/४ वर्ष विति सक्दा पनि स्थायी रुपले प्रहरी चौकीको स्थापना नहुनु दिन दाहादै चोरी डकैती हुने गरेको स्थानीय वासीको भनाई रहेको छ ।

नगरपालिका भएर पनि स्थायी रुपमा प्रहरी विट नभएकाले दिनानुदिन झुम्कामा बैङ तथा÷वित्तिय संस्थाहरु खुल्नेक्रम जारी रहेको तर सुरक्षाको दृष्ट्रिकोणले निकै कमजोर स्थिति अवस्थामा रहेकोे छ भनि ज्योति विकास बैङकका शाखा प्रमुख विकास आर्चायले बताएका छन ।

स्थानीय निर्वाचन सकिएको सयौं दिन पुग्दा सम्म पनि निर्वाचित जनप्रतिनिधिले दिगो शान्ति, सुरक्षाको लागि स्थायी प्रहरी चौकी निमार्णमा पहल नगर्नु साथै आधा दर्जन बैङ तथा वित्तिय संघ/संस्था खुलि सक्दा पनि जनप्रतिनिधिले चासो नदेखाउनुका कारणले जनताबाट लिएका अमुल्य मत खेर जाने हो कि एक किसिमको भय रामधुनीवासीमा पैदा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen