सुनसरीको रामधुनी नगरपालिकामा प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको खेल आजबाट भव्य रुपमा उदघाटन हुने भएको छ ।

पर्यटकीय क्षेत्र रामधुनी मन्दिरको महिमालाई विश्व सामु परिचित गर्नलाई उक्त प्रतियोगिताको खेल आयोजना गर्न लागिएको हो । ऐतिहासिक धार्मिक पर्यटकीय तिर्थ स्थल रामधुनी मन्दिरको प्रचार प्रसार तथा नगरका खेलप्रेमीहरुको मनोरञ्जनका लागि फुटबल प्रतियोगिताको आयोजना गराएका हुन ।

आज २६ गते बाट उद्घाटन हुने खेल बोइज क्लव इटहरी र गाईघाट फुटबल क्लव उदयपुर वीच हुने आयोजक समुहका अध्यक्ष केशव खडकाले जनकारी दिए ।
उक्त प्रतियोगितामा बोइज क्लव इटहरी, गाईघाट फुटबल क्लव उदयपुर, उर्लावारी फुटबल क्लव, सिटी क्लव धरान, ए.पी.एफ.झापा, सप्तकोशी फुटबल क्लव चक्रघटी, र डि.सी.टी. सुनसरी, डि.एफ.सी.मोरङ लगायतका आठ वटा टीम सहभागी रहेका छन ।

प्रथम हुने टिमले नगद रु एक लाख एक हजार, ट्रफि र प्रमाणपत्र, दोस्रो हुने टिमले रु ५१ हजार, ट्रफि र प्रमाणपत्र पाउने साथै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद रु तीन हजार प्रदान गरिने आयोजक समितिका सल्लाहकार दिलबहादुर राई बताए ।

प्रथम रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगितालाई मल्टी सोलुसन कन्ट्रक्सन कम्पनी प्रालि, धन लक्ष्मी हार्डवेयर, रामधुनी नगरपालिका र रामधुनी नगरपालिका–४ वडा कार्यलयले प्रायोजन गरेका छन ।

उक्त खेल रामधुनी सिक्दार माझी टोल सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको हो भने कात्र्तिक २६ गते आईतबार दिउँसो २ बजे रामधुनी न.पा.–४ स्थिति रामधुनी मन्दिर छेउको खेल मैदानमा हुने आयोजकले जानकारी गराएका छन ।
झुम्का एफ.एम. १०६ मेगाहर्ज उक्त खेलको मिडिया पार्टनरको रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen