झुम्का / आगामी मसिंरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीका विभिन्न ठाउँमा अवैध रुपमा घरेलु मदिरा बरामद गरी विहिवार नष्ट गरिएको छ ।

इलाका प्रहरी कार्यालय पकलीबाट खतिएका प्रहरीको गस्ती टोलीले अवैध रुपमा लुकाएर राखिएका घरेलु मदिरा जन्य पदार्थ फेला पारी नष्ट गरिएको हो ।
अगामी मसिंरमा हुने निर्वाचनलाई शान्ति पूर्वक सफल पार्न सुनसरी जिल्लाका विभिन्न गाउँ तथा शहरमा अवैध रुपमा लुकीछिपी लुकाई विक्री वितरण गर्दै गर्दा करिब ३६५ लिटर मदिरा र रक्सी नष्ट गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिएका छन ।

अवैध रुपमा लुकाई राखिएका मदिरा र रक्सी रामधुनी, झुम्का, बक्लौरी, पकली र एकम्बा लगायतका सुनसरीका विभिन्न ठाउँमा प्रहरीको विशेष सुराकीको आधारमा बरामद गरी इलाका प्रहरी कार्यालय पकली र आन्तरिक राजश्व कार्यालय धरानका प्रतिनिधिहरुको रोहवरमा कार्यालयको परिसरमा मदिरा नष्ट गरिएको प्रहरी निरीक्षक कार्कीले बताएका हुन ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen