भेडेटार/रामधुनी नगरपालिकाले चार दिने आवधिक नगर विकास योजना कार्यशाला गोष्ठी आज धनकुटाको भेडेटार सुरु गरिएको छ ।
स्थानिय निर्वाचनमा विजयी भएका जनप्रतिनिधि तथा रामधुनीका कर्मचारीहरुको सहभागीतामा चार दिने आवशिय कार्यशाला गोष्ठी सुरुवात गरिएको हो ।


रामधुनी नगरापलिकालाई ५ बर्ष भित्र समुन्नत शहर, समृद्धि तथा आर्थिक तवरले सम्पन्न बनाउने उद्देश्यले गोष्ठीमा कार्य योजना सहित छलफल प्रक्रिया अघि बढाइने आयोजकका रामधुनी नगरपालिका शाखा प्रमुख हर्षलाल चौधरी जानकारी दिएका छन ।

उक्त आवधिक नगर विकास योजना कार्यशाला गोष्ठी रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी तथा उप–प्रमुख सविना चौधरीको संयुक्त आथ्थियमा सम्पन्न कार्यक्रममा ६ वटा समुह बनाई हाल नगरमा रहेको समस्याको पहिचान र समाधान सहित नयाँ कार्ययोजना बनाई पाँच बर्ष भित्रमा कार्यान्वयन गर्ने उद्देश्यका साथ गोष्ठीमा छलफल गरिने जनाएको छ ।


नगर सभाबाट पारित गरिएका उप–समितिहरु सामाजिक विकास उप समिति, वन, वातावरण विकास समिति उप समिति, संस्थागत विकास उप समिति, वित्तिय विकास उप समिति, आर्थिक विकास समिति र पूर्वाधार विकास उप समितिका संयोजक तथा सदस्यहरु संग छलफल गरी थप नयाँ कार्ययोजना बनाउने भनि रामधुनी कार्यकारी अधिकृत सुर्यप्रसाद गौतमले जानकारी गराए छन ।

उक्त कार्यशाला गोष्ठीमा रामधुनीका जनप्रतिनिधि तथा कर्मचारी गरी ७० जना सहभागी भएका छन । चार दिने आवधिक नगर विकास योजनाको सहजकर्ता तारानाथ निरौलाले गरेका छन भने गोष्ठी चार दिन भेडेटारको मेजेष्टीक होटलको हलमा कात्र्तिक १४ गते सम्म सञ्चालन हुनेछ ।

 

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen