झुम्का / नेपालीहरुको दोस्रो पर्व तिहारको अवसर पारेर रामधुनी–५ हसनपुरमा शान्ति युवा परिवारले ५ औ अन्तर क्लव नृत्य प्रतियोगिता विहीबार सम्पन्न गरेको छ ।

झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीको प्रमुख आथ्थियमा सम्पन्न भएको सांगितिक नृत्य प्रतियोगितामा थारु तथा मथैली गीतमा प्रतिभा प्रस्पुटन गरेका छन ।

आफनो संस्कृति, संस्कार तथा परम्परालाई जर्गेना गर्न आवश्यक रहेको साथै थारु पहिचान र अस्तित्व जोगाउनु युवाहरु एक भएर लाग्नु पर्ने धारणा प्रमुख अतिथि चौधरीले व्यक्त गरेका छन ।

उक्त नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना क्रमश नव युवा फ्रेन्ड स्टार स्पोडिङ क्लव बडहरा, थारु जागृति युवा क्लव बलहा , चाँदवेला नव जागृति युवा क्लव चान्दबेला् र दीप ज्योति युवा क्लव धुरहा विजयी भएका छन ।

प्रतियोगितामा करिब डेढ दर्जन युवा क्लवको सहभागीता रहेको कार्यक्रम संयोजक अर्जुनकुमार चौधरीले जानकारी दिएका छन ।

५ औ अन्तर क्लव नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुने क्लवलाई प्रमुख अतिथि सगेन चौधरी, विशेष मेजवान गोपाल चौधरी, निर्णायक मण्डली सबुरला चौधरी र कृष्ण चौधरी लगायतले विजयी हुने क्लवलाई शिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए ।

उक्त नृत्य प्रतियोगिता विक्रम चौधरीको सभापतित्वमा सम्पन्न भएको हो साथै झुम्का एफ.एम. १०६ मेगाहर्जले उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen