झुम्का / सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा आज लायन्स क्लव रामधुनी र मैत्री युवा परिवारको सयुंक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

तिहार तथा छर्ठको अवसर पारेर संयुक्त रुपमा रक्तदान कार्यक्रम गरिएको हो ।

मैत्री युवा परिवार रामधुनी–२, शिवनगरका अध्यक्ष साजन चौधरीको अध्यक्षतामा र वडा–२ अध्यक्ष रामनारायण चौधरीको प्रमुख आथ्थियमा सम्पन्न कार्यक्रममा गाउँ तथा क्लवका सदस्यहरुले रक्तदान गरेका छन ।

अकाल्मै ज्यान जोगाउन, पूर्वमा रगतको अभाव हुन नदिनुका साथै रक्तदान जीवन दानको मुल नारालाई सार्थक पार्न उक्त कार्यक्रमले सहयोग पु–याउछ भनि वडा अध्यक्ष चौधरी बताएका छन ।

उक्त रत्तदान कार्यक्रममा लायन्स क्लव अफ रामधुनीका अध्यक्ष हर्षलाल चौधरी लगायत सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम ३५ प्रिन्ट रगत संकलन भएको भनि मैत्री युवा परिवारका अध्यक्ष साजन चौधरी जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen